८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पुष्पलालमा केन्द्रित भएर कम्युनिष्ट एकता गरौं : प्रधानमन्त्री दाहाल


442
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिष्टहरुको निम्ति एकताको आधार पुष्पलाल हुनसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले उहाँले पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । उहाँले अन्त गएर केन्द्रित हुन खोजे कम्युनिष्टहरु सबैलाई एक ठाउँमा ल्याउन कठिन रहेको बताउनुभयो । उहाँले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोशिस गर्न आग्रह गर्नुभयो । उहाँले पुष्पलालमा केन्द्रित भएर गरिएको एकता दिगो, दर्शन, सिद्धान्त, राजनीतिक उद्देश्य र निष्ठामा आधारित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पुष्पलालको बारेमा पुनः एकपटक अध्ययन हुन, चिन्तनर मनन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले दोष जति अरुको थाप्लोमा हालेर आफू दुधले नुहाएको भन्ने प्रवृत्तिले कम्युनिष्ट पार्टीलाई एकतावद्ध हुन नदिएको बताउनुभयो ।