
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको छ ।
शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो माग गर्नुभएको हो ।
महासचिव चन्दले पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुनुहुन्छ भन्नेमा कम्युनिष्टहरु सबै सहमत रहेको बताउनुभयो । उहाँले माक्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रुपमा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरु रहेको बताउनुभयो । उहाँले सामन्तवादको विरुद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरु विरुद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतित गर्नुभएको बताउनुभयो ।
महासचिव चन्दले कम्युनिष्टहरुलाई अहिले पनि घेराबन्दी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्