
काठमाडौं । नेकपा (माले)का महासचिव सिपी मैनालीले मुलुक विदेशीहरुको चक्रव्युहमा फसेको बताउनुभएको छ ।
दलहरुलाई प्रयोग गरेर नेपाललाई विदेशीहरुले आफ्नो नियन्त्रणमा लैजाने रणनीतिक लक्ष्य बनाएको महासचिव मैनालीको जिकिर थियो ।
पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव मैनालीले मुलुकलाई विदेशीहरुको नियन्त्रणबाट मुक्त गर्न नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो विगतलाई समिक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभयो । महासचिव मैनालीले मुलुकमा तत्काल जनवाद आउने सम्भावना नभए पनि कम्युनिष्टहरुले आफ्ना कमजोरी सुधार गर्दै अघि बढे समाजवाद निर्माणको आधार भने बताउन सक्ने बताउनुभयो ।
महासचिव मैनालीले नेपालमा अहिले पनि कम्युनिष्ट शक्तिहरुबीच एकता भईहाल्ने अवस्था नरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्