२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


युक्रेनका राष्ट्रपति जेलेन्स्कीको अपिल


1.625k
Shares

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले लामो दूरीका हतियार र हवाई सुरक्षाका लागि पुन अपिल गर्नुभएको छ ।

युक्रेनको दक्षिणपूर्वी सहर जापोरिज्जिया नजिकैको भिल्निआन्स्कमा शनिबार भएको क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएपछि जेलेन्सीले पुन अपिल गर्नुभएको हो ।

जेलेन्स्कीले लामो दूरीको क्षमताको साथ प्रहार गर्ने र आधुनिक वायु रक्षा प्रणालीको संख्या बढाउन अपिलमा उल्लेख गर्नुभएको छ । पश्चिमी सहयोगीहरूले युक्रेनलाई यसअघि नैं धेरै लामो दूरीका हतियारहरू प्रदान गरिसकेका छन् ।

फ्रान्स, बेलायत र अमेरिकाले वायु रक्षा प्रणालीअन्तर्गत आधुनिक हातहतियार उपलब्ध गराइसकेका छन् । तर युक्रेनले हतियार र हवाई सुरक्षा प्रणाली अभावका कारण मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको बताइरहेको छ । रुसी सेनाको आक्रमणम हिजो मात्रै युक्रेनमा ११ जना सर्वसाधारण मारिएको बताइएको छ ।