१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु : भुवन केसी


130
Shares

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।

आइतवार नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहमा बोल्दै अध्यक्ष केसीले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आफू बोर्डको नेतृत्वमा अन्तिम चरणमा रहेको भन्दै बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने बताउनुभयो ।

अध्यक्ष केसीले चलचित्र ऐन छिटो भन्दा छिटो पारित गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको बताउनुभयो । उहाँले चलचित्रकर्मीहरुको क्युआरकोर्ड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको र चलचित्र छायाङ्कन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्य शुरु गरेको र बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको बताउनुभयो ।

अध्यक्ष केसीले चलचित्र ऐनको मस्यौदा मन्त्रालय पठाइसकेको पनि जानकारी दिनुभयो ।