
काठमाडौं । सुर्खेतको भेरी नगरपालिका–४ इवरमा पहिरो जाँदा ५ वर्षीय प्रिन्स विकको पुरिएर मृत्यु भएको छ । पहिरोले प्रिन्सका बुबा रमेश घाइते भएका छन् ।
विकका बुबा र छोरा पहिरोले घरमै च्यापिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रिन्सको घटनास्थलमै मृत्यु भएको हो । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्