
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजबाट शुरु हुँदैछ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुने बताइएको छ । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुनेछ ।
नेकपा एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो । यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । महाधिवेशन आइतवारबाट प्रज्ञा प्रतिष्ठानमा शुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्