२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘सन्तुलित विकासका अवधारणाअनुसार बजेट विनियोजन हुनुपर्छ’


39
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले सन्तुलित विकासका अवधारणाअनुसार बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ ।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद दाहालले यस्तो बताउनुभएको हो ।

सांसद दाहालले बजेटका लागि फागुनदेखि नै छलफल सुरु भएपनि कहाँ र कसले गर्छ भन्नेकुरा जानकारीमा नरहेको बताउनुभयो । उहाँले छलफलबाट आएका सुझाव भन्दा पनि मन्त्रीले गोजीबाट निकाले योजना दिने र बजेट सोही अनुसार ल्याउने गरेको बताउनुभयो । उहाँले ५० हजारका बजेट पनि संघ सरकारबाट विनियोजन हुनेकुरा लज्जाजनक रहेको बताउनुभयो ।

सांसद दाहालले बजेट विनियोजन गर्दा वैज्ञानिक विधि अपनाउनुपर्ने बताउनुभयो ।