५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


चीनमा प्रक्षेपणको तयारीमा रहेको रकेट पड्कियो


0
Shares

एजेन्सी । चीनमा प्रक्षेपण गर्ने तयारीमा राखिएको एक रकेट उछिटीएर आकाशमा गएपछि पड्किएको छ ।

चीनको एक निजी कम्पनीले आगामी महिना प्रक्षेपण गर्ने तयारीमा रहेको टियानलङ–३ रकेट भुलबस प्रक्षेपण हुँदा चीनको एक शहरका खसेको हो ।

मध्य चीनको कोङयी शहरको पहाडी क्षेत्रमा राखिएको उक्त रकेट र टेस्ट स्ट्यान्डबिचको जोर्नीमा संरचनात्मक त्रुटिका कारण माथिल्लो हिस्सा लन्च प्याडबाट उछिटिएको चिनिया सञ्चार संस्था सिन्ह्वाले जनाएको छ ।

यस घटनाबाट कुनै मानविय क्षति नभएको सिन्ह्वाले खुलासा गरेको छ । लन्च प्याडमा रहेका रकेटको बाँकी रहेको अन्य हिस्सा भने प्रयोग गर्न मिल्ने रहेको बताइएको छ । चीनको इतिहासमा भएको यो पहिलो घटना हो ।