
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुवासचन्द्र जोशी नियुक्त हुनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको नेतृत्वमा बसेको बैठकले जोशीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरेपछि पुन पदमुक्त हुनुभएको थियो । योग्यताका सम्बन्धमा प्रश्न उठाउँदै पशुपति क्षेत्र विकास कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कामकाज नगर्न नगराउन भनि अन्तरिम आदेश जारी गरेपछी रिक्त रहेको कार्यकारी निर्देशकमा जोशी नियुक्त हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्