२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै


1.105k
Shares

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । मंगलबार बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्ने जनाइएको छ ।

बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा नयाँ सरकार गठन गर्ने र आलो–पालो सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो ।

समझदारी पत्रलाई आज अन्तिम रुप दिने तयारी भइरहेको छ । मध्य रातमा भएको दुई दलको समझदारी अनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र पछिल्लो अवधिमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ ।