
एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलमा एउटा कारले मानिसको भीडमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियाको सियोल सिटी हल नजिकैको एउटा चोकमा ६८ वर्षीय व्यक्तिले चलाएको गाडी ट्राफिक लाइटमा पर्खेर बसेका पैदलयात्रीहरुको भीडमा ठोक्किदा उनीहरुको मृत्यु भएको हो ।
घटनास्थलमा ६ जनाको र ३ जनाको उपचारकै क्रममा मृत्यु भएको हो । घटनामा ४ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
विपरित दिशाबाट आएको अन्य सवारीसाधनहरुमा पनि ठोक्किंदै पैदलयात्रीहरूसम्म पुगेको थियो । घटनालगत्तै कार चालकलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । ती व्यक्तिले नियतबस घटना गरेको हो वा होइन भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्