३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्ती मनाइँदै


182
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्ती मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

वि.स. १९८१ सालमा जन्मनु भएका कोइराला २०५३ साल वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित हुनुभएको थियो । कांग्रेसको पाँचौँ सभापति बन्नु भएका कोइराला २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापति रहनुभयो ।

चार पटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको नेतृत्वमा विसं २०६३ साल वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत हुनुभएको थियो । कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । कोइरालाको सयौं जन्मजयन्तीको अवसरमा कांगे्रसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज पार्टी केन्द्रीय कार्यालयमा ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक तस्बिर प्रदर्शनी आयोजना गर्दैछ ।

प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाका जीवनीका तस्बिर राखिने र विमर्श कार्यक्रम समेत गरिने जनाइएको छ ।