
काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलहरुलाई सरकारमा सहभागी भएर सँगसँगै जान आह्वान गरेको छ ।
एमालेसँग सहमति भएको भोलिपल्ट आज अपरान्ह विपक्षी दलहरुलाई छलफलमा डाक्नु भएका कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनलगायतका विषयमा सहकार्य गर्न र सरकारमा पनि संगै जान आह्वान गर्नुभएको हो ।
छलफलमा कांग्रेसबाट उपसभापति पूुर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कृष्ण सिटौला सहभागी थिए भने जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए । देउवाले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने र संविधान संशोधन गर्ने सहमति भएको भन्दै विपक्षी दलहरुलाई पनि साथ दिन आग्रह गर्नुभएको थियो ।
राप्रपा अध्यक्ष लिङ्देनले संविधान संशोधनमा आफ्नो पार्टीको साथ रहने बताउनु भएको थियो । यसअघि आज विहान बसेको पदाधिकारी वैठकमा सभापति देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्