७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा


0
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै सर्वोच्च अदालतमा हालिएको रिटमा आज पनि बहस नसकिएपछि मुद्धालाई हेर्दाहेर्दैमा राखिएको छ ।

दिनभर लामिछानेका कानून व्यवसायीले बहस गरेपछि भोलि जवाफी बहस गर्ने गरी हेर्दाहेर्दैमा राखिएको हो ।

रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस गर्न बाँकी रहेको छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम प्रयोग गरी अपचलन गरिएको र लामिछानेको नाममा समेत ऋण लिइएको दाबीसहित मुद्धा दायर गरेका हुन् ।