
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
न्यायाधीश सकुन्तला कार्कीको इजलासले मंगलबार उक्त प्रकरणमा थापाको संलग्नता रहेको देखिएको ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला अदालतको आदेशलगत्तै थापालाई केन्द्रीय कारागार पठाइएको छ । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा प्रतीक थापाको पनि नाम आएपछि उनी गत वर्षदेखि फरार रहँदै आएका थिए ।
सीआइबीले गत शुक्रबार उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो । सोही प्रकरणमा पक्राउ परेका बेचन झामाथि भने अदालतबाट म्याद थप गराएर सीआइबीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्