२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आजको मौसम


2.418k
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेश, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।