२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतमा भागदौड हुँदा भीडमा कुल्चिएर १२२ को मृत्यु


4.043k
Shares

एजेन्सी । भारतको उत्तरप्रदेशमा भोलेबाबा सत्संगको समापनका क्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १२२ पुगेको छ ।

उत्तर प्रदेशको हाथरस जिल्लाको रतिभानपुरमा सत्संगको समापन कार्यक्रममा भागदौड मच्चिएपछि भीडमा च्यापिएर उनीहरुको मृत्यु भएको हो । नारायण साकार हरि नाम गरेका बाबाको सत्संग कार्यक्रम समाप्त भएलगत्तै मानिसहरु बाहिरिने क्रममा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । घटनामा सय जना बढी घाइते भएको स्थानीय
प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१३ वर्षपछि भएको उक्त कार्यक्रममा स्थानीय प्रशासनले क्षमताभन्दा बढी मानिसलाई प्रवेश दिँदा घटना भएको बताइएको छ । प्रहरीले घटनाबारे छानविन सुरु गरेको छ ।