
काठमाडौं । नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ ।
बैठकमा नेकपा एमालेसँग नयाँ सत्ता समीकरण बनाउन भएको सहमतिलाई अनुमोदन गर्ने बताइएको छ ।
काँग्रेस एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ । साथै पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्