
काठमाडौं । अविरल वर्षापछिको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
बागलुङको जैमिनी नगरपालिका–१, ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा यातायात अवरुद्ध भएको हो । यो बाटो हुँदै बुटवल, भैरहवा, कपिलवस्तु, दाङ र मुक्तिनाथमा हुने आवतजावत ठप्प भएको छ ।
करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको जनाइएको छ । अहिले पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्