२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


भारतीय शेयर बजार परिसूचक ८० हजार माथि


0
Shares

काठमाडौं । भारतीय शेयर बजार परिसूचक पहिलो पटक ८० हजार माथि पुगेको छ ।

बम्बे स्टक एक्स्चेञ्ज अन्तर्गतको सेन्सेक्स बुधबार ८० हजार माथि पुगेर नयाँ ईतिहास बनाएको हो ।

बिहान ८० हजार ७४ को विन्दुसम्म पुगेको थियो । सेन्सेक्सले ८० हजार विन्दु पार गरेपछि नयाँ अलटाइम हाइ बनेको भन्दै शेयर लगानीकर्ताले खुशियाली मनाएका छन् । सेन्सेक्सका रहेका ३० वटा उपसमूह मध्ये २५ वटामा उछाल आएको हो ।

विशोष गरी बैंकिङ्ग, मेटल र अटो उपसमूहका कम्पनीहरुको शेयर मूल्यमा बृद्धि भएको हो । यसैगरी नेशनल स्टक एक्स्चेञ्ज अन्तर्गतको निफ्टीले पनि आज नयाँ अलटाइम हाइ बनाएको छ । कारोबार अवधिमा निफ्टी २४ हजार २९२ विन्दुमा पुगेको थियो ।

सन् २०१४ मा भारतीय जनता पार्टीको नेतृत्वमा सरकार बनेपछि भारतीय शेयर बजार निरन्तर बुलिस रहँदै आएको छ । गत महिना भाजपाले संसदमा बहुमत गुमाउने संकेतसंगै उच्च अंकले घटेको बजार भाजपा गठबन्धनको बहुमत र नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएलगत्तै पुनः बुलिस बनेको हो ।