२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजार सामान्य अंकले वृद्धि


273
Shares

काठमाडौं । सत्ता समीकरण फेरबदलको खबरसँगै मंगलबार उछाल आएको शेयर बजार बुधबार सम्हालिएको छ ।

मंगलबार हाफ सेन्चुरी मारेको बजार परिसूचक नेप्से बुधबार झिनो अंकले सकारात्मक रह्यो । उतार चढावबीच नेप्से करिब ४ अंकले सकारात्मक रहेर २१ सय ४ कायम भएर थामियो । कारोबार भने सुधारिएर ५ अर्ब नाघ्यो । मंगलबार ५ वटा समूह उकालो लाग्दा ८ वटा समूह ओरालो लागे ।

व्यापार र वित्त समूहमा उछाल आयो । यी दुबै समूहमा ६ प्रतिशतमाथिको वृद्धि आएसंगै नेप्से सम्हालिन पुगेको हो । विकास बैंक समूहमा पनि करिब ३ प्रतिशतको बृद्धि आयो । वाणिज्य बैंक र लगानी समूह पनि नगन्य अंकले हरियो रहे । बाँकी समूह ओरालो लागे । उत्पादनमूलक समूहमा १ प्रतिशत बढीको गिरावट आउँदा बाँकी सामान्य दरले ऋणात्मक रहेका हुन् ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा ३ सय १४ कम्पनीको १७ करोड १३ लाख कित्ता शेयर ५ अर्ब ८ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । मंगलबार नेप्से हरियो रहेपनि कमाउने भन्दा गुमाउने कम्पनी अधिक रहे । १ सय १ कम्पनीको मूल्य बढ्दा १ सय ३६ को घट्यो । मंगलबार सेन्ट्रल फाइनान्स, आईसीएफसी फाइनान्स, गुह्येश्वरी मर्चेच्ट, मञ्जुश्री फाइनान्सलगायत करिब आधा दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।

मंगलबार मञ्जुश्री फाइनान्सको सबैभन्दा उच्च २३ करोडको कारोबारभयो ।