
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नयाँ उद्योगमा दुई खर्ब १७ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
२०८० साउनदेखि २०८१ जेठसम्मको अवधिमा ३ सय ८३ उद्योगमा उक्त रकम बराबरको लगानी प्रश्ताव आएको उद्योग विभागले जनाएको हो ।
यस अवधिमा ४९ वटा ठूला, ५० वटा मझौला र २ सय ८४ वटा साना उद्योग दर्ता भएको विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको यो अवधिमा ३ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव स्वीकृत भएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्