३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


हिति पुनर्निर्माण गरेको पाँच दिनमै धाराबाट पानी आउन बन्द


793
Shares

काठमाडौं । पाटनको ऐतिहासिक उग्रचण्डी जरुँ हिति पुनर्निर्माण गरेको पाँच दिनमै धाराबाट पानी आउन बन्द भएको छ ।

ललितपुरको मोसिंख्यमा जरुँ हितिबाट आधुनिक आरओ प्रविधिबाट स्वचालित पिउने शुद्ध पानी आउने गरि यही असार १५ गते ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्नुभएकोे थियो । तर आज अपरान्ह बालबालिकाले पानी पिउन खोज्दा सो हितिमा पानी आएन ।

ऐतिहासिक पुरातात्विक महत्वको यो हिति ललितपुर महानगर वडा नं ४ र ताम्राकार समाजले हालै मात्र पुनर्निर्माण गरी स्वचालित पिउने शुद्ध पानीको व्यवस्था गरेको थियो । अस्तीको आजै खौइ त पानी ? भनेर समाजसँग बुभ्mदा समाजले वडा नं ४ लाई देखाउँदै पन्छायो ।

यस्तै वडामा सम्पर्क गर्दा ममर्तसम्भारको जिम्मा समाजले लिएको भन्दै थाहा नभएको भनेर पन्छियो । जरुँ हिति देवतालाई पानी चढाउन र शुद्ध पानीका लागि बनाइएको ढुंगाको एक किसिमको पानी ट्यांकी हो ।