
काठमाडौं । प्रहरीले झण्डै साढे ४ करोड रुपैयाँ बराबरको कोकिनसहित २ जना विदेशीलाई पक्राउ गरेको छ ।
१ किलो २ सय ४७ ग्राम लागु औषध कोकिनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा तान्जानियाका नागरिक ४६ बर्षीय रमादानी सिम्बा मुवाबुम्बा र ५२ बर्षीय ललिब किपेभु पासुवा रहेका छन् ।
उनीहरुलाई काठमाडौंको ठमेलस्थित एक होटेलबाट कोकिनका ७२ क्याप्सुल सहित पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ । उनीहरुले प्लाष्टिक कोटेड कोकिनका क्याप्सुलहरु इथियोपियाको एडिस अबाबा पुगी निलेर काठमाडौँ आएको अनुसन्धानको क्रममा खुलेको ब्युरोका प्रमुख दिनेश आचार्यले जानकारी दिनुभयो ।
बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य करिब ४ करोड ३७ लाख रुपैयाँ रहेको पनि ब्युरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्