
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बिहीबारको टेलिभिजन बहसमा आफ्नो प्रस्तुती कमजोर भएको स्वीकार्दै जेट लागेका कारण त्यस्तो भएको तर्क गरेका छन् ।
रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पका अगाडि आफू कमजोर देखिनुमा लामो हवाई उडानको थकान कारक रहेको उनको दाबी छ ।
उक्त बहस अघि धेरैपटकको विश्व भ्रमणबाट आएको र त्यसकै थकानले कमजोर देखिए पनि आफू वास्तवमा कमजोर नरहेको बताएका हुन् ।
अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनका लागि गत जुन २७ मा भएको बहसमा उहाँको प्रस्तुती फितलो भएको भन्दै डेमोक्रेटिक पार्टीभित्र आलोचन हुन थालेपछि उनको यो भनाई आएको हो ।
प्रतिक्रिया दिनुहोस्