
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरिएको छ ।
बुधबार केन्द्रीय समितिको बैठकमा अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको बताइएको छ । ढकालको गतिविधिका बारेमा कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन पनि दिइएको छ ।
बुधबारको केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप लगाएर बसेका ढकाल बैठकको बीचबाटै बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्