
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । शीर्ष नेताहरुबीच सकेसम्म सहमति गरेर नेतृत्व टुंग्याउने भनिएपनि अहिलेसम्म सहम्ति जुट्न सकेको छैन ।
अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबीच प्रतिष्पर्धा हुन लागेको छ । साथै अन्य पदमा पनि प्रतिष्पर्धा हुने बताइएको छ ।
सहमति जुटाउन अहिले काठमाडौंको होटलमा शीर्ष नेताहरु छलफलमा जुटेका छन् । असार १६ गतेदेखि पार्टीको महाधिवेशन जारी छ ।
प्रतिक्रिया दिनुहोस्