२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु


195
Shares

सिन्धुली । सिन्धुलीको दुधौली पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।

चुरे उत्थानशील आयोजनाले पोखरी निर्माण गरी अलपत्र छाड्दा सो पोखरीमा पौडी खेल्ने क्रममा डुवेर २ जना बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुधौली नगरपालिका–६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश कुमर र बासुराम कुमरको ६ वर्षीय छोरा संजल कुमार रहेका छन् । उपचारका लागि नगर हस्पिटल सिर्थौली लगिएकोमा दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।