२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष नेपाल


559
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताउनुभएको छ ।

बिहीबार काठमाडौंस्थित एक होटलमा पार्टीका शिर्ष तहका नेताहरुसँग छलफल गरेपछि अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुषालले अध्यक्षमा दाबी गर्नुभएको थियो । वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निस्कर्षमा पुगेको अध्यक्ष नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन ।’

अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभइ नयाँ नेतृत्व चयन हुने बताउनुभयो ।