२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चुनावी दौडबाट नभाग्ने अमेरिकी राष्ट्रपति बाइडेनको प्रष्टोक्ति


364
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा आफू नै डेमोक्रेट पार्टीको उम्मेदवार हुने स्पष्ट पारेका छन् ।

अघिल्लो बिहीबार भएको बहसमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पको तुलनामा बाइडेनको प्रस्तुती कमजोर देखिएपछि उहाँमाथि उम्मेदवारी छाड्न दबाव बढेको भन्ने हल्लाका बीच बाइडेनले आफूलाई उम्मेदवार बन्नबाट कसैले रोक्न नसक्ने बताएका हुन् ।

उपराष्ट्रपति कमला ह्यारिससंग लञ्च मिटिङ गरेपछि डेमोक्रेट पार्टीका वरिष्ठ चुनावी अभियन्ताहरुसंग भेट्नु भएका बाइडेनले आफू नै डेमोक्रेट्स उम्मेदवार भएको र कसैले आफूलाई यसबाट बञ्चित गर्न नसक्ने बताएका हुन् । आफू चुनावी अभियानको अन्तसम्मै दौडमा अडिरहने पनि उहाँले सवै डेमोक्रेटहरुलाई सन्देश दिनु भएको छ ।

बाइडेनको अडानमा उपराष्ट्रपति कमला ह्यारिसले पनि समर्थन जनाएको बताइएको छ । डेमोक्रेट्स् चुनावी अभियन्ताहरुबाट बाइडेनको ठाउँमा कमला ह्यारिस आईदिए ट्रम्पसंग भिड्न सहज हुने भन्दै दबाव बढेको थियो । यता, न्युयोर्क टाइम्सले हिजो बुधबार गरेको सवेक्षणमा बाइडेन भन्दा ट्रम्प निकै अगाडि देखिएका छन् ।