
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार बिहीबार १५ दशमलव ४६ अंकले बढेको छ ।
बिहीबारको वृद्धिसँगै नेप्से २१ सय १९ माथि पुगेको छ । बिहीबार कारोबार रकममा पनि ह्वात्तै सुधार देखिएको छ ।
नेप्सेमा रहेका १३ उपसमूहमध्ये बिहीबार ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहमा करेक्सन आउँदा विकास बैंक उपसमूह भने सर्वाधिक ३ दशमलव ४३ प्रतिशत बढेको छ । यस्तै, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहका परिसूचक साढे १ प्रतिशत भन्दा बढी बढेका छन् । वित्त उपसमूह भने शून्य दशमलव ५९ प्रतिशतले घटेको छ ।
बिहीबार ३१३ वटा स्टकको २ करोड २१ लाख ६७ हजार कित्ता शेयर ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । बिहीबार बजारमा आँखुखोला जलविद्युतको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा समाज लघुवित्तका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । तर दोर्दी जलविद्युत कम्पनीको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव ७५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ३० करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी नेपाल फाइनान्सको साढे १७ करोड र महालक्ष्मी विकास बैंकको १७ करोडको शेयर खरिद विक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्