२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : स्वास्थ्यमन्त्री यादव


247
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकहरुको क्षमतामा प्रश्न उठाउन नहुने बताउनुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो ।

मन्त्री यादवले सरकारले लिने परीक्षा जालझेल रहित रहेकाले चिकित्सक र नर्सहरु दक्ष रहेको बताउनुभयो । उहाँले सरकारले चिकित्सकहरुसँग स्वच्छ रुपले परीक्षा लिने र नतिजा निकाल्ने गरेको पनि बताउनुभयो । उहाँले देशभर खटिएका ५० हजार बढी स्वयंसेविकाहरुको बारेमा राज्यले सोच्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री यादवले सरकारले पर्याप्त पुँजी खर्च गर्नसक्ने हो भने चिकित्सकलाई सरकारी अस्पतालमै मात्रै काम गर्ने नीति बनाइदिने भन्दै अहिलेको सरकारले दिने रकमले नपुग्ने अवस्था रहेको बताउनुभयो ।