
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनुभएको छ ।
बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निवर्तमान महासचिव भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताउनुभयो । पार्टीको नेतृत्व सर्वसहमतीमा टुंग्याउने प्रयास भइरहेको बताउनुभएको हो ।
भुसालले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसै अनुरुप अगाडी बढेको बताउनुभयो । नेतृत्व सर्वम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उहाँको भनाई छ ।
भुसालले आफूहरुले भरसक निर्वाचनमा जान नचाहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्