
एजेन्सी । केयर स्टाररको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसदको तल्लो सदनमा स्पष्ट बहुमत हासिल गरेको छ ।
संसदको ६५० सिटमध्ये ४६७ सिट घोषित भएसँगै लेबरले ३२६ सिट जितेको छ ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले आम चुनावमा हार स्वीकार गर्नुअघि सञ्चारमाध्यमले ३२६ सिटको थ्रेसहोल्ड पुगेको घोषणा गरेका छन् ।
बीबीसी, आईटीभी र स्काई न्युज – तीन प्रशारकहरूद्वारा निर्मित एक्जिट पोलले केही घण्टाअघि नै लेबरले ४१० सिटमा ठूलो जित हासिल गर्ने अनुमान गरेको थियो । सुनकले बेलायतका राजा चाल्र्ससँग भेट गरेपछि स्टाररलाई बेलायतको नयाँ प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्न मार्ग प्रशस्त गर्न चाँडै नै राजीनामाको घोषणा गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्