२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिँदैन : अध्यक्ष नेपाल


4.134k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशिल बनउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताउनुभयो । उहाँले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको बताउनुभयो । उहाँले यसले केन्द्रमा मात्र नभइ प्रदेशमा पनि प्रभाव पार्ने बताउनुभयो ।

अध्यक्ष नेपालले नयाँ सरकारका काम, क्रियाकलापअनुसार राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने बताउनुभयो । उहाँले नयाँ समीकरणमा सामेल हुने पार्टीहरुसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । पुरानो सरकार कहिले बिदा हुने र नयाँ सरकारले कहिले आकार लिने भन्नेकुरा यत्तिकै भन्न नसकिने बताउनुभयो ।

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको बताउनुभयो । ।