
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाउनुभएको छ ।
शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै नेता खनालले यस्तो आरोप लगाउनुभएको हो ।
नेता खनालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उहाँले दलाल पुँजीवादको संज्ञा दिनुभयो । उहाँले नेपाली कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उहाँले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गर्नुभयो ।
नेता खनालले अहिले नेकपा एमाले भित्र भूकम्प गएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) को विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गर्नुभयो ।
सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुनःगठनको प्रक्रिया शुरुवाता हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्