१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन : शेखर कोईराला


3.354k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुशी हुनसक्ने अवस्था नरहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो ।

नेता कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । उहाँले संविधानलाई सबैले मान्नुपर्ने बताउनुभयो ।

नेता कोईरालाले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताउनुभयो । उहाँले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठूला दल मिलेर सरकार बनाउनु उचित रहेको बताउनुभयो ।

नेता कोईरालाले गिरिजाप्रसाद कोईरालाले लिनुभएका संकल्पलाई ध्यानमा राखेर कांग्रेस अघि बढ्ने बताउनुभयो ।