१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इरानमा नयाँ राष्ट्रपति पदका लागि दोस्रो चरणको मतदान


182
Shares

एजेन्सी । इरानमा नयाँ राष्ट्रपति पदका लागि दोस्रो चरणको मतदान भइरहेको छ ।

गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा इब्राहिम रायसीको मृत्यु भएपछि नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको हो ।

जसका लागि इरानका सुधारवादी नेता मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिली बीच प्रतिस्पर्धाका हुने देखिएको छ । निर्वाचनमा बिजय हासिल गर्न कुनै पनि उम्मेदवारले कम्तीमा पनि ५० प्रतिशत मत ल्याउनु पर्ने प्रावधान रहेको छ ।

इरानको निर्वाचन आयोगका अनुसार गत हप्ता भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछी दोस्रो चरणका लागि मतदान भएको हो । पहिलो चरणका मतदानमा पेजेस्कियानले ४२ प्रतिशत मत प्राप्त गर्दा जलिलीले ३९ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।