
एजेन्सी । केयर स्टारमरको नेतृत्वमा रहेको लेबर पार्टीले आम चुनावमा बेलायती संसदको तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त गरेसँगै स्टारमर प्रधानमन्त्री बनेका छन् ।
बेलायतको आमनिर्वाचनमा ठूलो जित हासिल गर्न लेबर पार्टीको नेतृत्व गर्नुभएका केयर स्टाररले शुक्रवार लण्डनको बकिंघम प्यालेसमा राजा चाल्र्स तेस्रोसँग भेट गरेपछि औपचारिक रूपमा नयाँ प्रधानमन्त्री बनेका हुन् ।
स्टारमरले देश परिवर्तन गर्नु भनेको स्विच फ्लिक गर्नु जस्तो नभएको भन्दै विश्व अहिले अझ बढी अस्थिर भएको उल्लेख गरे । उनले परिवर्तनको काम तत्काल शुरु भएपनि केही समय लाग्ने बताए । यसअघि शुक्रबार बेलायती प्रधानमन्त्री ऋषि सुनकले राजीनामा दिएका थिए । आम चुनावमा लेबर पार्टीसँग भारी पराजय भोगेपछि उनले कन्जरभेटिभ पार्टीको नेताको पदबाट पनि राजीनामा दिएका छन् ।
लेबरको संसदीय बहुमतले कन्जरभेटिभको १४ वर्षको शासनको अन्त्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्