२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अविरल वर्षाका कारण डुवानमा परेकाहरुको सकुशल उद्वार


1.378k
Shares

काठमाडौं । अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुवान परेका २५ जनाको सशस्त्र प्रहरीले असार २२ गते सकुशल उद्वार गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको हो ।

सोही स्थानका करिब ५० घरहरु डुवानमा परेका थिए । उक्त घरपरिवारका सामान लगायत पशु चौपायाहरु समेत सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको छ ।