२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


संविधान संशोधन अग्रगमनका लागि हुन्छ : रमेश लेखक


663
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभइ अग्रगमनका लागि हुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक लेखकले ठगी गर्नेहरुलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरु खटाएर दुरुपयोग गरिएको बताउनुभयो । उहाँले ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले सरकारको बारेमा कुरा गर्दागर्दै अर्को सरकार बन्ने स्थिति देखापरेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम हुन आवश्यक रहेको बताउनुभयो । संविधानको उचित समीक्षा गरी समसामुहिक संशोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

मुलुकमा अब राजनीतिक स्थिरता, मुलुकका समस्या समाधान गर्ने सरकार बन्न आवश्यक रहेको बताउनुभयो । संविधानको समसामुहिक संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले सहकारीका ठग जोगाउनका लागि राज्य सत्ताको दुरुपयोग गरिएको बताउनुभयो ।