२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रचनात्मक प्रतिपक्षको भुमिका सत्तालाई गाली र नियन्त्रण गर्नेमा मात्रै सिमित भयो : सभामुख घिमिरे


364
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालमा रचनात्मक प्रतिपक्षको भुमिका सत्तालाई गाली र नियन्त्रण गर्नेमा मात्रै सिमित हुने गरेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय नमूना युवा संसद-२०८१ लाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले रचनात्मक प्रतिपक्षको भुमिका सत्तालाई गाली र नियन्त्रण गरेर चल्ने परिपाटी बढिरहेको बताउनुभयो । उहाँले तर्कमा आधारित भएर प्रतिपक्ष संसदमा प्रश्तुत हुनेकुरा कम भएको बताउनुभयो । उहाँले संसदमा नेपालका संसदीय परम्परा र संस्कारह बिर्सिएर विदेशी संस्कार सिक्ने काम भइरहेको बताउनुभयो ।

सभामुख घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संसदमा बजेट च्यातेको विषयप्रति इंगित गर्दै संसदीय मूल्य मान्यताअनुसार गर्नु हुँदैन थियो तर यत्तिसम्म गर्छु भन्दै बजेट च्यात्ने काम भएकोमा आपत्ति जनाउनुभयो । संसदलाई प्रभावकारी बनाउने कुराहरु दलीय हिसावबाट हुने बताउनुभयो ।

सभामुख घिमिरेले राजनीतिक दलहरुले संसदमा कसरी आफू प्रश्तुत हुन्छन् सोही अनुसार संसद प्रभावकारी बन्ने बताउनुभयो । दलहरुले गर्ने गतिविधिहरु संसदीय प्रणालीमार्फत प्रभावकारी ढंगबाट गर्ने सन्दर्भमा दलको ह्वीप लागू हुने, दलले आफ्ना सांसदहरुलाई पुरस्कृत र दण्डित गर्नेकुराहरु गर्ने, नियमावली वा परम्परा, संसदीय प्रणालीको आधारबाट मात्रै कार्यान्वयन गर्न कोशिष गर्ने, आलोचना, कारबाही र निष्कासन गरेर मात्रै व्यवहारिक र सम्भव नहुने बताउनुभयो ।

सभामुख घिमिरेले राजनीतिक दलहरु संसदमा जिम्मेवार भए संसदलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो ।