
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले २९९ केन्द्रिय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले सो निर्णय गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले बताउनुभयो ।
नेता खतिवडाले बैठकले महाधिवेशनको सामान्यतया समीक्षा गरेको र महाधिवेशन भव्यतापूर्ण सम्पन्न भएको निस्कर्ष निकालेको बताउनुभयो । उहाँले महाधिवेशनबाट पार्टीका नेता, कार्यकर्तामा ठूलो उत्साह पैदा भएको बताउनुभयो ।
नेता खतिवडाले पार्टीलाई अघि बढाउन धेरै ठूलो उर्जा प्राप्त भएको निस्कर्ष रहेको बताउनुभयो । उहाँले बैठकले पदाधिकारी नयाँ चयन भइ नसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय भएको बताउनुभयो ।
बैठकपछि बोल्दै पार्टीका नेता जीवनराम श्रेष्ठले अहिले बन्न लागेको सत्ता गठबन्धन दक्षिणपन्थी अवसरवादी चरित्रको रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालाई नै समर्थन र विश्वासको मत दिने बताउनुभयो ।
उहाँले पछिल्ला राजनीतिक घटनाक्रमलाई पार्टीले नजिबाट नियालिरहेको जिकिर गर्नुभयो । केन्द्रिय समितिको बेठक आइतबार पुनः बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्