२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै


260
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरि अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।