१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेकपा एमाले सचिवालय बैठक बस्दै


325
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ । साथै नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ । सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।