१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुकुम पूर्वमा पहिरोमा परेर एक जनाको मृत्यु, तीन घाइते


195
Shares

काठमाडौं । रुकुम पूर्वमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । पहिरोमा परेर तीन जना घाइते भएका छन् ।

सिस्ने गाउँपालिका–२ दल्लुगैरामा सोमबार राति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाउँदा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

बालकका ४० वर्षीय बुबा कर्णबहादुर बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

घाइतेहरुलाई उपचारका लागि रुकुमकोट लगिएको प्रहरीले जनाएको छ ।