
काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
बैठकमा राज्यको मुलप्रवाहमा दलित समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलित आयोगले खेल्दै आएको भुमिकाका बारेमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजै नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा काठमाडौं उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिका लागि देखिएका समस्या, चुनौती लगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे १० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था समस्या तथा चुनौती र भावी कार्यदिशा सम्बन्धमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्