२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा २३ अंकको वृद्धि


182
Shares

काठमाडौं । शेयर बजारमा बुधबार पनि दोहोरो अंकको सुधार जारी रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से २३ अंकले उकालो लागेर २१ सय ७५ पुग्यो । कारोबार पनि बढेर पौने ६ अर्ब नजिक पुग्यो । विकास बैंक सामान्य अंकले रातो रहेबाहेक बाँकी सबै समूहमा हरियाली छायो ।

वाणिज्य बैंक समूहमा सबैभन्दा उच्च डेढ प्रतिशत बढीको बृद्धि आयो । लघुवित्त, वित्त, निर्जीबन बीमा र जलविद्युत समूह १ प्रतिशत बढीले उकालो लागे । अरु सामान्य दरले सुधारिए ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा ३ सय २२ कम्पनीको १ करोड ५३ लाख कित्ता शेयर ५ अर्ब ७५ करोडको किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

बुधबार सिद्धार्थ बैंक डिबेन्चर, बलेफी हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत कमाए । बुद्धभूमी हाइड्रोका लगानीकर्ताले भने १० प्रतिशत गुमाए । बुधबार हाथवे इन्भेष्टमेन्टको सबैभन्दा उच्च १५ करोडको कारोबार भयो ।