१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रेडक्रस पारदर्शी छ, समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गर्‍यो : अध्यक्ष नेपाल


143
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले समाज कल्याण परिषद्ले छानविनको नाममा भ्रम सृजना गरेको भन्दै आपत्ति जनाएको छ ।

रेडक्रसले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गरेको आरोप लगाएको हो ।

समाज कल्याण परिषद्को हलावा दिँदै अनियमितता भएको समाचार विभिन्न समाचार माध्याममा आएपछि आफूहरुले पनि त्यसको स्पष्टिकरण दिन बाध्य हुनुपरेको रेडक्रसका अध्यक्ष सुदर्शनप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँले समाज कल्याण परिषद्ले आफूहरुसँग छलफल समेत नगरी रेडक्रसको छानविन प्रतिवेदन तयारी मिडियाहरुमा सार्वजनिक गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले रेडक्रस पारदर्शी रहेको र आफूहरुले देशमा राजनीतिक घुसाउन नदिने जिकिर समेत गर्नुभयो । समाज कल्याण परिषद् रेडक्रसको नियमनकारी निकाय भएपनि उसले छलफल समेत नगरी छानविनको नाममा त्यस्ता काल्पनिक खालको मिथ्या र झुट समाचार विभिन्न समाचार माध्याममा प्र्रशारण गराएको आरोप समेत लगाउनुभयो ।

पत्रकार सम्मेलनमा बाढी, पहिरो, डुबान लगायतका विपद्मा खोज, उद्धार र राहत वितरणको काममा रेडक्रसका स्वयंसेवीहरु परिचालन गरिएको र उनीहरुले समुदायको जीवन रक्षाका लागि खटिरहेको जनाएको छ । अध्यक्ष नेपालले बाढी, पहिरोलगायतका विपद्को यस घडीमा आफूहरुले जनजीवनलाई सहज बनाउन सक्दो काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले रेडक्रस सोसाइटीको वर्तमान नेतृत्वले सुधारको काम धेरै गरेको दाबी समेत गर्नुभयो ।